काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । २३०० मत गन्दा उपसभापतिका उम्मेदवार धनराज गुरूङले ९६० डा.चन्द्र भण्डारीले ८७० पूर्णबहादुर खड्काले ८४० विजय गच्छदारले ६६० मत प्राप्त गर्नुभएको छ । मतगणना तीन स्थानमा गरिएको छ ।
सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिनुभएको थियो । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।