६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. यादवलाई राजीनामाको निवेदन फिर्ता लिन समाजवादीको आग्रह



अ+ अ-

काठमाडौं । सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचित भएका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले सभामुख कृष्णबहादुर महरा समक्ष दिएको राजीनामाको निवेदन फिर्ता लिन माजवादी पार्टी नेपालले आग्रह गरेको छ ।

सांसद यादवको राजीनामा सभामुखसमक्ष आएको तर स्वीकृत भई नसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । समाजवादी पार्टीका प्रमुख सचेतक अरगरियाले राजीनामा फिर्ता लिनका लागि डा. यादवलाई आग्रह गरिएको बताएका छन् ।

उनले राजीनामा स्वीकृतिका लागि पार्टीले सभामुखलाई पत्र नपठाएकाले अझै पनि राजीनामा फिर्ता हुने सम्भावना रहेको बताए । उनले राजीनामा स्वीकृतिका लागि पार्टीले सभामुखलाई पत्र नपठाएकाले अझै पनि राजीनामा फिर्ता हुने सम्भावना रहेको बताए ।

मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित सांसद यादव बेला बेलामा बेहोस हुने गरेकाले स्वास्थ्यका कारण राजीनामा दिए पनि पार्टीले फिर्ता नलिन आग्रह गरिरहेको अरगरियाले बताए । निर्वाचित सांसदले राजीनामा दिएको सम्वभतः यो पहिलो पटक हो ।