१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सिक्किममा पवन चाम्लिङका १० सांसदद्वारा पार्टी परित्याग

सिक्किममा पवन चाम्लिङका १० सांसदद्वारा पार्टी परित्याग
अ अ+ अ-

काठमाडौं । भारतीय राज्य सिक्किममा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेका पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्र्याटिक फ्रन्टका १० सांसद पार्टी परित्याग गरेर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्।

मंगलबार दिउँसो भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डा र बरिष्ठ नेता राम माधवले नयाँदिल्लीस्थित मुख्यालयमा ती सांसदहरूलाई पार्टी प्रवेश गराएका हुन्।

विधान सभामा चाम्लिङको पार्टीका १५ सांसद थिए। अरू दुई विद्रोही सांसदले पनि नयाँ पार्टी खोल्ने तयारी गरेको बताइएको छ।

गत जेठमा भएको विधान सभा चुनावमा पवन चाम्लिङको सत्ता कुनै समय उनकै मन्त्रिपरिषदमा काम गरेका प्रेमसिंह तामाङ गोलेले उल्टाइदिएका थिए।गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेको थियो।

सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो।

यस चुनावमा गोलेले भ्रष्टाचारलाई अन्त्य गर्ने, विकास कामलाई अगाडि बढाउने र युवालाई रोजगारी दिने विषयलाई चुनाबको प्रमुख मुद्दा बनाएका थिए।सन् १९९४ देखि चाम्लिङ सिक्किमका मूख्यमन्त्री रहँदै आएका थिए।

चाम्लिङ अघि भारतमा सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड पश्चिम बंगालका मूख्य मन्त्री ज्योति बसुको नाममा थियो। उनी सन् १९७७ देखि सन् २००० सम्म बंगालको मूख्यमन्त्री थिए।

३२ वर्षको उमेरमा राजनीतिक जीवन सुरू गरेका चाम्लिङ सन् १९८९ देखि ९२ सम्म मूख्यमन्त्री नर बहादुर भण्डारीको मन्त्रीमण्डलमा मन्त्री थिए।

त्यसपछि सन् १९९३ मा भण्डारीको साथ छोडेर चाम्लिङले सिक्किम डेमोक्रेटिक फ्रन्ट खोले। त्यसको अर्को वर्ष सन् १९९४ मा भएको चुनावमा भण्डारीको पार्टीलाई हराएर उनी मूख्यमन्त्रीको कुर्सीमा पुगे।