६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथियोपियामा दोस्रो औद्योगिक क्षेत्र बनाउन सहमति



अ+ अ-

आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा ३० करोड अमेरिकी डलरको लागतमा नयाँ औद्योगिक क्षेत्र बनाउन चीन र इथियोपियाबीच सहमति भएको छ । इथियोपियास्थित चिनियाँ वाणिज्यदूत लिऊ यूले राजधानी आदिस अबाबाबाट करिब ९९ किलोमिटर दक्षिणपूर्वी शहर अदामामा यो औद्योगिक क्षेत्र बन्न लागेको जानकारी दिए ।

यो परियोजना सन् २०१९ भित्रै निर्माण शुरु गर्ने तयारी भइरहेको उनले बताए । लिऊका अनुसार औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक रकममध्ये ८५ प्रतिशत चीनले इथियोपियालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने छ । बाँकी १५ प्रतिशत इथियोपिया सरकारले व्यहोर्ने छ ।

यस औद्योगिक क्षेत्रमा खासगरी विभिन्न औद्योगिक सामग्री उत्पादन गर्ने कारखाना रहनेछन् । लिऊका अनुसार जमिनको व्यवस्था गर्ने तथा लगानीसँग सम्बन्धित कार्यविधि टुङ्गो लागिसकेको छ ।अदामा शहरमा यो दोस्रो औद्योगिक क्षेत्र हो । चिनियाँ लगानी र दक्षता प्रयोग भइरहेको अदामा पछिल्ला केही वर्षदेखि प्रमुख व्यापारिक केन्द्र बन्दै गएको छ ।

अदामा शहरमा यसअघि निर्माण गरिएको पहिलो औद्योगिक क्षेत्र पनि चिनियाँ सहयोगमै तयार भएको हो । इथियोपियाली प्रधानमन्त्री अबिए अहमदले गत वर्ष अक्टोबरमा यस औद्योगिक क्षेत्रको उदघाटन गरेका थिए । यो औद्योगिक क्षेत्र १४ करोड ६० लाख डलरको लागतमा निर्माण भएको थियो ।

हाल निर्माणको क्रममा रहेको दोस्रो औद्योगिक क्षेत्र करिब १०० हेक्टरमा फैलिएको छ । यस औद्योगिक क्षेत्रमा करिब २५ हजार इथियोपियाली नागरिकले रोजगारी प्राप्त गर्न सक्नेछन् । सन् २०२५ सम्ममा इथियोपियालाई औद्योगिक राष्ट्र बनाउने अभियानलाई यस परियोजनाले ठूलो मद्दत गर्नेछ ।