४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

घूस बन्द भएको छैन : मन्त्री यादव

घूस बन्द भएको छैन : मन्त्री यादव
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफ्नो मन्त्रालयमा घूस बन्द नभएको बताएका छन् । उनले आफ्नो मन्त्रालयका घूसखोरमाथि कारबाही भइरहेको दाबीसमेत गरे ।

प्रतिनिधिसभामा मंगलबार सांसदहरूका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री यादवले ‘घूस’ लिन खोज्नेहरूविरुद्ध मन्त्रालय कडा रूपमा प्रस्तुत भएको दाबी गरे । ‘त्यस्ता व्यक्तिलाई अख्तियारले कारबाही गरिरहेको छ,’ उनले भने, ‘अनियमितता गर्नेहरू धमाधम पक्राउ परेकाले अहिले बढी चर्चा हुने गरेको छ ।’ उनले अनियमितता र खानीजन्य वस्तुको चोरी निकासी नियन्त्रण गर्नका लागि सघाउन सांसदहरूलाई आग्रह गरे ।

सांसदहरूले मन्त्री यादवसँग महँगी, खनिज वस्तुको चोरी निकासी, तरकारीमा विषादीलगायत विषयमा जिज्ञासा राखेका थिए । जवाफ दिँदै उनले महँगी र अखाद्य वस्तुको प्रयोग विगतकै निरन्तरता भएको दाबी गर्दै यो सरकार आएपछि सबैतिर चौपट भयो भन्ने मानसिकता त्याग्न आग्रह गरे ।

‘विगतमा बिग्रेरभत्केका विषयलाई क्रमशः सुधार्दै लैजान लागेका छौं,’ उनले भने, ‘एकै पटक सबै समस्याको हल हुँदैन ।’ मन्त्री यादवले उपभोक्तालाई हुने हानि नोक्सानीको क्षतिपूर्ति दिलाउन उपभोक्ता संरक्षण ऐन लागू गरिएको जानकारी दिए । ‘बजार अनुगमनलाई व्यापकता दिएका छौं,’ उनले भने, ‘गएको आर्थिक वर्ष १६ सय ६१ वटा अनुगमन गरिएको थियो । चालु आवमा ७४ वटा अनुगमन भइसकेको छ ।’

मन्त्री यादवले सरकारले प्रदेश सरकार र स्थानीय तहको समेत सहभागितामा अनुगमनलाई निरन्तरता दिने दाबी गरे । उनले दैलेखको पेट्रोलियम, जाजरकोटको पत्थर एवं तामा, पर्वत र तनहुँको फलाम, मुस्ताङको युरिनियम तथा सम्भावित क्षेत्रमा सुनखानीको अध्ययन र उत्खननका लागि प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले चोरी निकासी नियन्त्रण गर्न सुरक्षाकर्मी खटाइएको जानकारी दिँदै विभिन्न भागबाट २ हजार केजी खनिज बरामद गरिएको जानकारी दिए ।

कांग्रेस सांसद दिलेन्द्र बडूले खनिजलाई वैधानिकता दिए चोरी निकासी रोकिने बताए । ‘यसबाट राजस्व आउँछ र व्यवसायीले व्यावसायिक रूपमा काम गर्छन्,’ बडूले भने, ‘सरकारले यस्तो बाटो लिन किन सक्दैन ।’

सांसद प्रेम सुवालले भ्रष्टाचारका कारण काइनेटलगयातका वस्तु चोरी निकासी भएको बताए । उनले चीनबाट कच्चा पदार्थ ल्याउँदा औषधि उत्पादनमा ४० प्रतिशत सस्तो हुने कुरामा सरकारको तयारी के छ भन्दै मन्त्रीको उत्तर माग गरेका थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।