२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुबाट ४० को मृत्यु



अ+ अ-

ढाका । डेंगुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बंगलादेशमा डेंगुको आशंकामा हजारौँ विरामी भर्ना भएपछि अस्पतालहरूले उनीहरूको उपचार सेवामा समेत असहज महसुस गरेको बताएका छन्।

लामखुट्टेको टोकाइबाट हुने भाइरल संक्रमण डेंगु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ। यो सामान्यतया दक्षिण एशियाली मुलुकहरूमा जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ। यो वर्ष डेंगु एशियाली केही मुलुकमा जटिल समस्याका रूपमा देखा परेको छ। बंगलादेशमा गत जनवरीदेखि सोमबारसम्म ४४ हजार विरामी डेंगुको आशंकामा अस्पताल भर्ना भएका छन्। सोमवार मात्रै बंगलादेशका विभिन्न अस्पतालमा २ हजार १ सय विरामी भर्ना भएको आयेशाले बताए।

उनले एएफपीसँग भने, ‘मन्त्रालयले यो वर्ष अहिलेसम्म ४० डेंगु सम्बद्ध विरामीको मृत्यु भएको पुष्टि गरेको छ।’ बंगलादेशी सञ्चारमाध्यमले डेंगुका कारण गत सातासम्म १ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको बताएका थिए।

बंगलादेशमा एक साता लामो इद–अल–आधा मनाउन लाखौँ नागरिक शहरबाट गाउँ भित्रिने हुँदा रोग थप फैलिनसक्ने भन्दै अधिकारीले चासो व्यक्त गरेका छन्। यद्यपि स्वास्थ्यमन्त्रीले भने डेंगुको संक्रमण ‘विस्तारै घट्दै गएको’ ढाकामा आयोजित एक कार्यक्रममा बताएका छन्।

‘बंगलादेशमा डेंगुको समस्याप्रति बढेको चासोसँगै सरकारले सबै स्वास्थ्यकर्मीलाई बिदा रद्द गरी संकट साम्य पार्न पहल गर्न सघाउन आग्रह गरेको छ’, स्वास्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले भने। ‘विरामीको चापसँगै कामको चापलाई कम गर्न चिकित्सकलाई जटिलता देखिएको छ’, एक स्वास्थ्य अधिकारीले एएफपीलाई बताए। –एएफपी