१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मुलुकमा आशा र विश्वास जगाउन आवश्यकः अध्यक्ष राई

मुलुकमा आशा र विश्वास जगाउन आवश्यकः अध्यक्ष राई
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकमा आशा र विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले यसमा प्रतिपक्ष र पक्ष नभनि जिम्मेवार हुनुपर्ने बताउनु भयो । उहाँले यसमा सांसद र राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा आशा र विश्वास जगाउनुपर्ने ज्यादै गम्भीर आवश्यकता छ । जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता छ । त्यसमा के पक्ष, के प्रतिपक्ष रु हामी सबै जिम्मेवार दलहरुले, सांसदहरुले गम्भीरतापूर्वक काम गर्नुपर्नेछ । यस्ता खालका व्यवहार गर्नाले जनताको विश्वास हामीमाथि समाप्त हुन्छ, अविश्वास बढ्छ, निराशा बढ्छ । त्यसले कसैलाई पनि फाइदा गर्दैन ।’

उहाँले जनताको विश्वास आर्जन गर्नेकुरामा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने बताउनु भयो ।