२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा आशा र विश्वास जगाउन आवश्यकः अध्यक्ष राई



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकमा आशा र विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले यसमा प्रतिपक्ष र पक्ष नभनि जिम्मेवार हुनुपर्ने बताउनु भयो । उहाँले यसमा सांसद र राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा आशा र विश्वास जगाउनुपर्ने ज्यादै गम्भीर आवश्यकता छ । जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता छ । त्यसमा के पक्ष, के प्रतिपक्ष रु हामी सबै जिम्मेवार दलहरुले, सांसदहरुले गम्भीरतापूर्वक काम गर्नुपर्नेछ । यस्ता खालका व्यवहार गर्नाले जनताको विश्वास हामीमाथि समाप्त हुन्छ, अविश्वास बढ्छ, निराशा बढ्छ । त्यसले कसैलाई पनि फाइदा गर्दैन ।’

उहाँले जनताको विश्वास आर्जन गर्नेकुरामा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने बताउनु भयो ।