११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङ्‍कङमा एघारौँ हप्ता पनि प्रदर्शन जारी



अ+ अ-

काठमाडौं । हङ्‍कङको अशान्ति लगातार ११ औँ सातामा लम्बिएको छ। त्यहाँको परिस्थिति झन् हिंसक बन्दै गएको छ भने हड्तालले पूरै सहर अस्तव्यस्त भएको छ।

प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार दोस्रो दिन पनि विमानहरूको उडानमा गम्भीर अवरोध उत्पन्न गरेका थिए। तर अहिले हङ्‌कङ विमानस्थल पुनः सञ्चालनमा आएको छ।

मङ्गलवार दिउँसो एशियाको सबभन्दा व्यस्तमध्येको एक हङ्‌कङ विमानस्थलमा चेक इन पूरै स्थगित भयो। मध्यरातभन्दा अगाडि सुरक्षाकर्मी र धर्नामा रहेका प्रदर्शनकारीबीच मुठभेड भयो।त्यसपछि धेरै प्रदर्शनकारी बाहिर गए भने झन्डै ३० जनाले विमानस्थलमै रात बिताए। प्रहरीलाई भित्र आउन नदिन प्रदर्शनकारीहरूले बाटो थुनिदिएका थिए।

यसबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकायले हङ्‌कङको सीमातर्फ चिनियाँ सेना अघि बढिरहेको जानकारी दिएको बताएका छन्।चिनियाँ सरकारले प्रदर्शनकारीहरूको चर्को आलोचना गरेको छ।कतिपयले कतै चीनको धैर्य टुट्ने र उसले प्रत्यक्ष कारबाही गर्ने हो कि भन्ने आशङ्का गरेका छन्।

हालसम्म चीनको हङ्‍कङसम्बन्धी उच्च नीति निर्माता कार्यालयले प्रहरीले नै स्थिति नियन्त्रण गर्नेमा विश्वास प्रकट गरिरहेको छ।तर चीन अध्येता एडम नीले प्रदर्शनकारीहरूलाई चेतावनी दिँदै आगोसँग खेल्नेहरू त्यसैमा खरानी हुने बताएका थिए।सैनिक हस्तक्षेपका अतिरिक्त चीनले राजनीतिक दबाव तथा प्रदर्शनकारीहरूलाई व्यक्तिगत निसानामा पार्ने जस्ता कार्य पनि गर्न सक्नेछ।