११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी विश्वविद्यालयको बजेट कटौतीको विरोध



अ+ अ-

रियो डे जेनेरो । सरकारले विश्वविद्यालयको बजेट कटौती गरेको विरोधमा मङ्गलबार हजारौं ब्राजिलीले विरोध जनाएका छन् । देशका ७२ वटा शहरमा यस्तो विरोध प्रदर्शन गरिएको छ ।

सरकारले विश्वविद्यालयको बजेटमा करिब ३० प्रतिशत कटौती गर्ने घोषणा गरेलगत्तै विद्यार्थी युनियन र अरु संघसंस्थाले संयुक्त रुपमा यो विरोध प्रदर्शन गरेका हुन् । सरकारले स्नातकोत्तर तहमा दिइआएको छात्रवृत्ति समेत रोकेको छ ।

विशिष्ट वैज्ञानिक तथा मेडिकल अनुसन्धान गर्ने धेरैवटा सङ्घीय विश्वविद्यालयले नयाँ भर्ना नलिइने बताएका छन् । प्रदर्शनकारीहरुले विश्वविद्यालयका निम्ति ल्याउने घोषणा गरिएका नयाँ कार्यक्रमको पनि विरोध गरेका छन् ।

विश्वविद्यालयहरुले सरकारले सार्वजनिक शिक्षामा लगानी गर्न अरुचि देखाएको र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्न खोजेको बताएका छन् ।

ठूलो संख्याका सर्वसाधारणले सरकारले हालै ल्याएको सामाजिक सुरक्षा सुधारसम्बन्धी विधेयकको पनि विरोध गरेका छन् । उक्त विधेयकलाई संसदले स्वीकृत गरिसकेको छ भने ब्राजिलको माथिल्लो सदन सिनेटले अध्ययन गरिरहेको छ । उक्त विधेयकले कामदारले गरेको कामलाई बेवास्ता गर्दै हचुवाको भरमा अवकाशको न्यूनतम उमेर तोकेको विरोधकर्ताको भनाई छ ।