१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सरकारी विश्वविद्यालयको बजेट कटौतीको विरोध

सरकारी विश्वविद्यालयको बजेट कटौतीको विरोध
अ अ+ अ-

रियो डे जेनेरो । सरकारले विश्वविद्यालयको बजेट कटौती गरेको विरोधमा मङ्गलबार हजारौं ब्राजिलीले विरोध जनाएका छन् । देशका ७२ वटा शहरमा यस्तो विरोध प्रदर्शन गरिएको छ ।

सरकारले विश्वविद्यालयको बजेटमा करिब ३० प्रतिशत कटौती गर्ने घोषणा गरेलगत्तै विद्यार्थी युनियन र अरु संघसंस्थाले संयुक्त रुपमा यो विरोध प्रदर्शन गरेका हुन् । सरकारले स्नातकोत्तर तहमा दिइआएको छात्रवृत्ति समेत रोकेको छ ।

विशिष्ट वैज्ञानिक तथा मेडिकल अनुसन्धान गर्ने धेरैवटा सङ्घीय विश्वविद्यालयले नयाँ भर्ना नलिइने बताएका छन् । प्रदर्शनकारीहरुले विश्वविद्यालयका निम्ति ल्याउने घोषणा गरिएका नयाँ कार्यक्रमको पनि विरोध गरेका छन् ।

विश्वविद्यालयहरुले सरकारले सार्वजनिक शिक्षामा लगानी गर्न अरुचि देखाएको र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्न खोजेको बताएका छन् ।

ठूलो संख्याका सर्वसाधारणले सरकारले हालै ल्याएको सामाजिक सुरक्षा सुधारसम्बन्धी विधेयकको पनि विरोध गरेका छन् । उक्त विधेयकलाई संसदले स्वीकृत गरिसकेको छ भने ब्राजिलको माथिल्लो सदन सिनेटले अध्ययन गरिरहेको छ । उक्त विधेयकले कामदारले गरेको कामलाई बेवास्ता गर्दै हचुवाको भरमा अवकाशको न्यूनतम उमेर तोकेको विरोधकर्ताको भनाई छ ।