११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथियोपियामा कफी पार्क निर्माणको तयारी



अ+ अ-

आदिस अबाबा । इथियोपिया र दक्षिण कोरियाको संयुक्त लगानीमा इथियोपियाली कफी प्रबद्र्धनमा सघाउन विशाला कफी पार्क निर्माण गरिने भएको छ । इथियोपियाको कफीलाई विश्व बजारमा सहज रुपमा पु¥याउन यस पार्कले सहयोग गर्ने विश्वास लिइएको छ ।

यो प्रस्तावित कफी पार्क निर्माणका लागि पाँच करोड अमेरिकी डलर पर्नेछ । इथियोपियाको राजधानी आदिस अबाबामा निर्माण गरिने यो पार्क करिब ३० हेक्टरमा बन्नेछ ।

इथियोपियाली कफी तथा चिया प्राधिकरणका निर्देशक हीउरु नुरुले पार्कको निर्माणले इथियोपियाको कफीलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरे ।

निर्देशक नुरुका अनुसार नयाँ पार्कमा कफी सङ्ग्रहालय र कफी बजार केन्द्रका साथै अरु धेरै सुविधा उपलब्ध हुनेछ । यो पार्क करिब तीन वर्षभित्रमा निर्माण सम्पन्न हुनेछ ।

गत साता इथियोपिया सरकारले आफ्नो मुलुकमा उत्पादित कफीलाई विश्व बजारमा निर्यात गर्न अन्तर्राष्ट्रिय ब्रान्ड सार्वजनिक गरेको थियो । “इथियोपियन कफी” ब्रान्ड नाम दिइएको यस राष्ट्रिय अभियानले बजारीकरणमा मद्दत गर्ने कफी बोर्डको भनाइ छ ।