२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथियोपियामा कफी पार्क निर्माणको तयारी



अ+ अ-

आदिस अबाबा । इथियोपिया र दक्षिण कोरियाको संयुक्त लगानीमा इथियोपियाली कफी प्रबद्र्धनमा सघाउन विशाला कफी पार्क निर्माण गरिने भएको छ । इथियोपियाको कफीलाई विश्व बजारमा सहज रुपमा पु¥याउन यस पार्कले सहयोग गर्ने विश्वास लिइएको छ ।

यो प्रस्तावित कफी पार्क निर्माणका लागि पाँच करोड अमेरिकी डलर पर्नेछ । इथियोपियाको राजधानी आदिस अबाबामा निर्माण गरिने यो पार्क करिब ३० हेक्टरमा बन्नेछ ।

इथियोपियाली कफी तथा चिया प्राधिकरणका निर्देशक हीउरु नुरुले पार्कको निर्माणले इथियोपियाको कफीलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरे ।

निर्देशक नुरुका अनुसार नयाँ पार्कमा कफी सङ्ग्रहालय र कफी बजार केन्द्रका साथै अरु धेरै सुविधा उपलब्ध हुनेछ । यो पार्क करिब तीन वर्षभित्रमा निर्माण सम्पन्न हुनेछ ।

गत साता इथियोपिया सरकारले आफ्नो मुलुकमा उत्पादित कफीलाई विश्व बजारमा निर्यात गर्न अन्तर्राष्ट्रिय ब्रान्ड सार्वजनिक गरेको थियो । “इथियोपियन कफी” ब्रान्ड नाम दिइएको यस राष्ट्रिय अभियानले बजारीकरणमा मद्दत गर्ने कफी बोर्डको भनाइ छ ।