१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

भारत सरकारले १० दिनपछि जम्मुमा लगाएको प्रतिबन्ध खुलायो

भारत सरकारले  १० दिनपछि जम्मुमा लगाएको प्रतिबन्ध खुलायो
अ अ+ अ-

काठमाडौं । भारत सरकारले १० दिनपछि जम्मुमा लगाएको प्रतिबन्ध खोलेको छ।अवस्था सामान्य भएकाले बुधबारदेखि बजार, यातायात, शिक्षण संस्था र अन्य व्यवसाय पनि खुलेको छ ।

जम्मु कस्मिरका प्रमुख सचिव कन्साल र प्रहरी अतरिक्त महानिरीक्षक मुनिर खानले बुधबार पत्रकार सम्मेलन गर्दै सुरक्षा स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएकाले ४ अगस्टदेखि लगाएका प्रतिबन्ध हटाइएको बताएका छन्।कस्मिरका केही स्थानमा भने प्रतिबन्ध कायम रहेको उनले बताए।

नरेन्द्र मोदी सरकारले अगस्ट ४ गते रातिदेखि जम्मु कस्मिरमा टेलिफोन, इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो। जम्मु कस्मिरका पूर्वमुख्यमन्त्रीहरूसहित अरू केही नेतालाई नजरबन्दमा लिएको थियो।

अगस्ट ५ देखि जम्मु कस्मिर कर्फ्यूजस्तै अवस्था थियो। सोही दिन गृहमन्त्री अमित शाहले भारतीय संविधानको धारा ३७० खारेज गर्ने प्रस्ताव राज्य सभामा पेस गरेका थिए। धारा ३७० ले जम्मु कस्मिरलाई विशेष मान्यता दिन्थ्यो।

उक्त धाराको खारेजीसँगै शाहले जम्मु कस्मिरको पुनर्संरचना प्रस्ताव पनि संसदमा पेश गरेका थिए। जसअनुसार जम्मु कस्मिरको प्रदेशको मान्यता हटाएर केन्द्रशासित क्षेत्र बनाइएको छ। पहिला जम्मु कस्सिरमै रहेको लद्धाखलाई छुट्टै केन्द्रशासित क्षेत्र बनाइएको छ।