२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा बैंक मुनाफा



अ+ अ-

काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा रु एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस आवमा रु ४० करोड १९ लाख मुनाफा वृद्धि गर्न सफल भएको हो ।

सो बैंकले आज जारी गरेको विज्ञप्तिमा २०७६ असार मसान्तमा बैंकको कूल निक्षेप रु ८१ अर्ब ८६ करोड पुगेको छ । यो वाणिज्य बैंकहरुमध्येकै उच्चतम वृद्धि रहेको सो बैंकले जनाएको छ ।

खुद कर्जा तथा सापट्टी रु ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ एक्सटेन्शन काउन्टर, १०३ एटिएम सञ्जाल, ११९ शाखारहित बैंकिङ केन्द्र र दुई हजार ५०० भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।