२२ असार २०८३, सोमबार
,
Latest
झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशु चौपायाको आतङ्क बढेपछि स्थानियले गरे यस्तो काम



अ+ अ-

बेझाड । रामपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाले सताएपछि यहाँका स्थानीयले वडा कार्यालय परिसरमै लगेर बाँधिदिएका छन् ।

खेतबारीमा लगाएका अन्नबाली, तरकारी खेती समूहमा आएका पशुले खाएर नष्ट पार्न थालेपछि कृषकले सम्बन्धित वडा कार्यालय तथा नगरपालिका कार्यालयमा गुनासो राख्दै आए पनि व्यवस्थापन हुन सकेको थिएन ।

पटकपटक छाडा पशुचौपायाले सताएर हैरानी खेपेका यहाँका स्थानीयले नगरपालिका–६ को कार्यालय परिसरमै लगेर बाँधिदिएका हुन् । स्थानीय आफैँले अस्थायी टहरा निर्माण तथा बारबन्देज गरेर यत्रतत्र छरिएर रहेका छाडा पशु बाँध्न थालिएको छ ।

छाडा पशुले रातदिन खेतबारीमा पसेर बालीनाली नै नोक्सान गरेको जताततैबाट गुनासो आएपछि स्थानीयको सक्रियतामा व्यवस्थापन गर्ने काम भएको धर्मराज ढकालले जानकारी दिनुभयो । “बारबन्देज, टहरा निर्माणलगायतका काम स्थानीय मिलेर गरियो, अहिले छाडा पशुचौपायाको गाउँघरमा समस्या कम हुँदै गएको छ”, उहाँले भन्नुभयो । अस्थायी टहराभित्र २५ वटा छाडा पशुचौपाया रहेका छन् ।

उत्पादन लिने बेला भएका तरकारी, अन्नबाली छाडा पशुचौपायाले खाएर लगानी नै उठाउनै नसकिएको बताउँदै अहिले अस्थायी टहरा बनाएर राखेपछि कृषि व्यवसाय ढुक्कका साथ गर्न थालेको गङ्गा बस्यालले बताउनुभयो ।

“पटक पटक खेतबारीमा पसेर बालीनाली नै सखापै पारेपछि वडा कार्यालयमै डो¥याएर लगेर बाँधिदिएका छौ, अस्थायी टहराभित्र पशु बाँध्न थालेपछि कृषकलाई ठूलो राहत मिलेको छ”, उहाँले भन्नुभयो । अस्थायी टहरा निर्माण खर्च व्यवस्थान तथा हेरालु दुई जना व्यक्तिको प्रबन्ध वडा कार्यालयले गरिदिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

“कृषकको गुनासोलाई मध्यनजर गर्दै हाललाई वडा कार्यालय परिसरमै अस्थाथी टहरामा बाँधिएको छ, छाडा पशु व्यवस्थापन तथा गाई संरक्षणका लागि वडा नं ६ कै तातोपानीघाटमा पक्की गौशाला निर्माणको काम भइरहेको छ, आउँदो तिहारको लक्ष्मीपूजाका दिन गाई बाँधेर उद्घाटन गर्ने योजना छ”, अध्यक्ष न्यौपानेले भन्नुभयो ।

नगरपालिकाको रु ५० लाखको लागत अनुमानमा १५ रोपनी क्षेत्रफलमा २०० पशु अट्ने क्षमताको गौशाला निर्माण भइरहेको भवन निर्माण समितिका संयोजक ओमप्रकाश रेग्मीले बताउनुभयो । यहाँ गौशाला निर्माण कार्य हुन थालेपछि रामपुरका कृषक खुशी भएका छन् । यत्रतत्र छरिएर दिनहुँ समूहमा १०/१५ वटा छाडा गाई, बाच्छा किसानको खेतबारीमा पसेर एकैपटक बालीनाली नै सखापै पार्न थालेपछि कृषकले सास्ती भोगिरहेका छन् ।

घरमा पालिएका गाईले दूध दिन छाडेपछि पालनपोषणको झन्झटले किसानले घरबाट निकालेर अन्यत्र लगेर छाड्ने गरेकाले हिजोआज नगरपालिका क्षेत्रमा छाडा पशु चौपायाको आतङ्क बढेपछि स्थानियले गरे यस्तो काम बढ्दो छ ।