१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा अपार्टमेन्टबाट खसेर नेपाली नर्सको मृत्यु



अ+ अ-

सिड्नी । अस्ट्रेलियामा अपार्टमेन्टबाट खसेर एक नेपाली नर्सको मृत्यु भएको छ ।

पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको द डेली टेलिग्राफले उल्लेख गरेको छ ।

गएको बिहीबार राति १ः४५ बजे तिर यो घटना भएको समाचारमा भनिएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दीक्षाले हालसालै नेपालम आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् । यो घटना हुनुभन्दा दुई घन्टा अघि दीक्षाको फ्लाटबाट आकस्मिक नम्बरमा फोन गएको थियो । फोनमा केही नबुझेपछि आकस्मिक सेवाले पछि फोन फर्काएको थियो । सो फोन लबिन्द्रले उठाएको ठानिएको छ ।

दीक्षाले फोन किन गरेको भन्ने खुलेको छैन । त्यसको केही समयमा अपार्टमेन्टको बाल्कोनीमा उनी झुन्डिरहेको देखेपछि एक जना प्रत्यक्षदर्शीले मद्दतका प्रहरीलाई फोन गरेका थिए । प्रहरी आईपुग्नुभन्दा अगाडि दीक्षा बाल्कोनीबाट खसिसकेकी थिइन् ।

प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ। श्रीमान–श्रीमतिबिच झगडा भएपछि दीक्षा बाल्कोनीमा गएकी थिइन् कि भन्ने तरिकाले घटनालाई हेरिएको छ । घटनामा कसैलाई पनि अभियोग लगाइएको छैन ।