२५ कार्तिक २०८२, मंगलवार
,
Latest
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री खनाल सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” ‘सिडिओ’ पैदलै गाउँमा आएपछि… व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग कप: टोटेनह्यामसँग लिभरपुल स्तब्ध, न्यूक्यासलसँग आर्सनल पराजित



अ+ अ-

कारबाओ कपका नामले परिचित इङलिस फुटबल लिग वा लिग कप अन्तर्गत बुधबार राति भएको खेलमा टोटेनह्यामसँग लिभरपुल स्तब्ध भएको छ ।

टोटेनह्यामको रंगशालामा भएको पहिलो लेगको सेमिफाइनल खेलमा खेलको उत्तराद्र्धमा टोटेनह्यामले गोल गरी १–० गोल अन्तरले खेल जित्यो । यद्यपी यी दुई बीच हुने दोस्रो खेलले फाइनल यात्रा तय गर्नेछ ।

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक यस खेलमा इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले निरन्तर आक्रमण गरी गोल गर्ने अनेकन मौका सिर्जना गरेको थियो, तर अन्तत: भाग्यशाली बन्यो टोटेनह्याम । खेलको ८६औं मिनेटमा टोटेनह्यामका फर्वार्ड लुकास बर्गभ्यालले डिबक्स भित्रबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

खेल अवधिमा झण्डै ६१ प्रतिशत अवधि लिभरपुलले बललाई आफ्नो नियन्त्रणमा राखी १४ पटक टोटेनह्यामको पोस्टमा प्रहार गरेको थियो तर टोटेनह्यामका गोलरक्षक र डिफेन्सले यी आक्रमणलाई निस्तेज बनाएका थिए ।

यी दुई टिमबीच अब फेब्रुअरी ७ मा लेगको दोस्रो खेल हुनेछ ।

यस्तै, अर्को सेमिफाइनल खेलमा आर्सनल न्यूक्यासलसँग २–० गोलले निराश बन्यो । न्यूक्यालका लागि अलेक्जान्डर इसाक र एन्थोनी गोर्डोनले गोल गरेका थिए ।
यी दुई टिमबीच आगामी फेब्रुअरी ६ मा दोस्रो लेगको खेल हुनेछ ।