५ असार २०८३, शुक्रबार
,
Latest
प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीक्षितकाे निधनमा कांग्रेस सभापति देउवाद्वारा शाेक व्यक्त



अ+ अ-

काठमाडौं । वरिष्ठ साहित्य साधक मदनमणि दीक्षितको निधनप्रति नेपाली कांग्रेशले शोक व्यक्त गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा आज एक विज्ञप्ती जारी गर्दै बहुप्रतिभाका धनी दीक्षितको ९७ वर्षको उमेरमा हुन गएको असामयिक निधनले आफू र पार्टीलाई मर्माहत र स्तव्ध बनाएको उल्लेख गरिएको छ ।

‘दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा हुन गएको असामयिक निधनले मलाई र हाम्रो पार्टी नेपाली कांग्रेसलाई मर्माहत र स्तव्ध बनाएको छ,’ जारी विज्ञप्तीमा भनिएको छ, ‘स्वर्गीय दीक्षितको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुग्न गएको छ । स्वर्गीय दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

साथै दुःखको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा समवेदना समेत प्रकट गरिएको छ ।