१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती मनाइयो

शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती मनाइयो
अ अ+ अ-

ललिपुर । शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । शहीद स्मारक समितिले पुल्चोकस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरी प्रजातन्त्र ल्याउन शास्त्रीले पुर्याएको योगदानको बारेमा चर्चा गरियो ।

ललितपुर बखुमबहाल निवासी पिता माधवराज जोशी र माता रत्नमाया जोशीका मइला सुपुत्रका रुपमा विसं १९५० भदौ १३ गते जनैपूर्णिमाको दिन भारतको वनारसमा जन्मिएका शास्त्रीलाई बिसं १९९७ माघ १० गते तत्कालीन राणा शासकले टेकुको पचलीमा रहेको खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिईएको थियो ।

नेपाली भाषा, संस्कृति, धर्म र राष्ट्रियताको संरक्षणको निम्ति सदैव वकालत गर्ने क्रममा उनलाई देशद्रोहको अभियोग लगाइएको हो । नेपालका चार शहीदमध्ये शास्त्रीलाई शहीद शिरोमणि भनेर चिन्ने गरिन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले नेपालमा गरेको बलिदानबाट विसं २००७ मा प्रजातन्त्र स्थापना भएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शोभा शाक्यले शहीदको मार्गदर्शनलाई सदैव सम्मान गर्दै अघि बढ्नुपर्ने बताए । उनले भने, “सरकारसँग प्रदेश नं ३ का १३ जिल्लालाई पायक पर्ने गरी काभ्रेमा सदरमुकाम स्थापना गराउन पहल गरिरहेको छु ।” ललितपुर महानगरपालिका उपप्रमुख गीता सत्यालले नेपालका चार वीर शहीदको योगदानलाई कदर गर्दै अघि बढ्नुपर्ने बताए ।

ललितपुर महानगरपालिका वडा नं १० का सचिव एकनारायण काफ्लेले शास्त्रीलगायत अन्य तीन महान् शहीदप्रति सम्मान व्यक्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । शहीद स्मारक समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले शास्त्री आर्य समाजका एक महान् प्रचारक रहेको जानकारी दिए।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले वाग्मतीको पुलदेखि ललितपुर महानगरपालिका वडा नं ११ शास्त्रीको घरसम्मको बाटोलाई शुक्रराजमार्ग कार्यान्वयन गराउन महानगरपालिकालाई आग्रह गरे ।