११ आश्विन २०८१, शुक्रबार
,
Latest
पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित विश्वस्तरीय उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी विमान अकस्मात मकैबारीमा अवतरण (अपडेट)



अ+ अ-

मस्को । रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए ।

सो विमान मस्को शहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो । क्राइमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो । जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ । मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

हालसम्म प्राप्त समाचारअनुसार यस विमानमा रहेका ती यात्रुहरु सामान्य रुपमा मात्र घाइते भएका बताइएको छ । यराल एयरलाइन्सको यस विमानमा २ सय २६ जना यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्डयन अधिकारीहरुले बताएका छन् । मस्कोको क्षेत्रको झुकोप्स्की विमानस्थलबाट उडेको केही समयमै आकस्मिक अवतरण गराएको सो विमान धावनमार्गबाट एक किलोमिटर मात्र पर पुगेको बताइएको छ ।

विमानस्थलको धावनमार्गबाट केही पर रहेको मकैबारीमा सो विमान अवतरण गराउनु परेको उक्त एयरलाइन्सले जानकारी गराएको छ । विमानमा रहेका यात्रु र चालकदलका सदस्यसमेत सबैलाई उद्धार गरिएको समाचारमा उल्लेख छ । तीमध्ये केहीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ ।

रुसको स्वास्थय मन्त्रालयका अनुसार नौ बालबालिकासहित २३ व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । उपाचारको क्रममा रहेका ती व्यक्तिहरुको् अवस्था कसैको पनि चिन्ताजनक नरहेको जनाइएको छ । यसअघि सिन्ह्वा समाचार समितिले विमानस्थलमा नै विमान आकस्मिक अवतरण गरेको बताएको थियो ।