५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकको ओरालो यात्रा कायमै



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२४ अङ्कले घटेर २६४.६८ मा पुगेको छ ।

परिसूचक घटेसँगै कारोबार रकम पनि औसतमै सीमित रह्यो । कुल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर रु ४२ करोड ४३ लाख २३ हजार १२८ मा कारोबार भयो । स्टकका अनुसार कारोबार भएका १२ मध्ये सात उपसमूहको शेयर बढेको छ । व्यापार ६.६७, होटल १३.९, विकास बैंक ४.५, वित्त १.७९, निर्जीवन बीमा १७.३२, उत्पादन २३.८३ र जीवन बीमा १९.४३ अङ्कले बढेको छ ।

त्यस्तै बैंकिङ २.३३, जलविद्युत् ७.९५, अन्य ६.६८, लघुवित्र ४.०१ र सामूहिक लगानी कोषको शेयर शून्य अङ्कले घटेको छ । कारोबार रकमका आधारमा माछापुछ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर रु पाँच करोड ३७ लाख ८६ हजार २७३, सनराइज बैंक लिमिटेड रु चार करोड ८२ लाख ८२ हजार ७७५, प्रभू बैंकको रु दुई करोड ३७ लाख २१ हजार ८३३, नेपाल इन्भेष्टमेन्ट बैंकको रु दुई करोड ३६ लाख ९५ हजार ३९१ र एनआइसी एसिया बैंकको रु दुई करोड पाँच लाख ९४ हजार ६०२ को कारोबार भएको छ ।

घटेको बजारमा स्टकका अनुसार आज मन्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतले कमाए । त्यस्तै विशाल बजार कम्पनी लिमिटेड ६.०३, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.००, हिमालयन डिष्टिलरी ३.६३, वेष्ट फाइनान्स कम्पनी ३.१३ र महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.०५ प्रतिशतले कमाए ।

यसैगरी वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका शेयरधनीले ५.६० प्रतिशतले गुमाउँदा युनाइटेड मोदी हाइड्रोपावर ५.३०, पाँचथर पावर कम्पनी ३.३३, नेपाल इन्भेष्टमेन्ट बैंक ३.१४ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.९७ प्रतिशतले गुमाए ।