५ असार २०८३, शुक्रबार
,
Latest
प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसाय गर्न नसकेका युवाहरुलाई सरकारले ‘सिड’ पुँजी प्रदान गर्ने



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को महिनादेखि च्यालेन्स फण्ड कार्यान्वयनमा ल्याउने बताएका छन्।

युवा परिपद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले लगानी अभावमा व्यवसाय गर्न नसकेका युवाहरुलाई सरकारले ‘सिड’ पुँजी प्रदान गर्ने बताए ।

च्यालेन्ज फण्डका लागि कार्यविधि बनेको र मन्त्रिपरिषदबाट स्वीकृत भएपछि अर्को महिनाबाट कार्यान्वयनमा आउने अर्थमन्त्री खतिवडाले बताए ।

उनले भने ‘२–४ लाखको अभावमा व्यवसाय गर्न सक्नुभएन भने हामी सहयोग गर्छौँ, गत वर्षको बजेटमा च्यालेन्ज फण्ड आयो कार्यान्वयन गर्न सकिएन। यो वर्ष कार्यविधि बनेको छ, मन्त्रिपरिषद्बाट पास गरेर अर्को महिनाबाट कार्यान्वयनमा ल्याँउदै छौँ।’

च्यालेन्ज फण्डमार्फत सरकारले युवाहरुलाई बिउ पुँजीका रुपमा नयाँ व्यवसाय गर्न केही पैसा दिनेछ। तर त्यो पैसाको व्याजमा कति अनुदान, कसरी प्रदान गर्ने भन्ने विषयमा भने कार्यविधिले टुंगो लगाउने छ।