१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै , गगनको फराकिलो अग्रता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । ६ सय मत गन्दा  गगनकुमार थापाले  ३८१,विश्वप्रकाश शर्माले २२८ प्रदीप पौडेलले २०७ ,डा प्रकाशशरण महतले  २०१ मिनेन्द्र रिजालले  १०१ र राजाराम कार्कीले २८  मत प्राप्त गर्नुभएको छ ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।