२२ असार २०८३, सोमबार
,
Latest
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अस्वस्थ : चिकित्सकले दिए यस्तो सुझाब



अ+ अ-

काठमाडौं । सिंगापुरमा उपचार गरेर गत सोमबार मात्र फर्किएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । चिकित्सकले उनलाई आराम गर्न सुझाब दिएका छन् ।प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पनि स्थगित गरिएको छ ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन, एकीकरणको बाँकी कामलगायत विषयमा छलफल गर्न बालुवाटारमा सचिवालय बैठक बोलाइएको थियो । बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री अस्वस्थ भएपछि उनीहरू सामान्य अनौपचारिक छलफल गरेर फर्किएका थिए ।

‘प्रधानमन्त्रीज्यूलाई ज्वरो आएकाले बैठक शुक्रबार बस्ने गरी स्थगित भएको हो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेललगायत नेतासँग अनौपचारिक छलफल गरेका थिए ।

आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले बेडरुममै गएर केहीबेर कुराकानी गरेको स्रोतले जनाएको छ । ‘केहीबेर ज्वरो आउने, केहीबेरमा निको भएजस्तो हुने, थकान महसुस गर्नुभएकाले प्रधानमन्त्रीसँगको परामर्शअनुसार शुक्रबार बैठक बसौँ,’ बैठकका लागि पुगेका नेताहरूलाई प्रचण्डले भनेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले भने उनको स्वास्थ्य ठीक रहेको जनाएको छ । ‘प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ, उहाँ भोलि बिहानैबाट नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनुहुनेछ । उहाँको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नुहुने सबै शुभचिन्तकमा धन्यवाद छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बिहीबार राति ट्विट गरेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै