१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नागरिकता माग्दा वडाध्यक्षवाटै कुटिए सेवाग्राही

नागरिकता माग्दा वडाध्यक्षवाटै कुटिए सेवाग्राही
अ अ+ अ-

सिरहा । वडा अध्यक्षले नागरिकता लिन कार्यालय पुगेका एक युवकमाथी हातपा गरेका छन्। सिरहा नगरपालिका १८ वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समुहले २५ वर्षीय मनोज कुमार रायलाई कुटपिट गरेको हो।

०७६ असार २५ गत्ते मनोजका बुवा रामसेवक रायको नागरिकताको प्रमाणपत्र वडा अध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति निर्माण गर्ने भन्दै लिएका थिए।

मनोज सोही नागरिकता फिर्ता लिन साउन २८ गत्ते दिउँसो वडा कार्यालय पुगेका थिए। नागरिकता माग्दा वडा अध्यक्षले मान्छे बोलाएर तारले हात बाँधेर निर्घात कुटपिट गरेको घाइते मनोजले भने। कुटपिटबाट आफ्नो शरिरको विभिन्न भागमा गहिँरो चोट रहेको उनले बताए। उपचारपछि औषधी खाएर घरमा आराम गरिरहेको उनको भनाई छ।

वडा अध्यक्ष यादवले भने आफुले मनोजलाई नकुटेको जिकिर गरेका छन्। ‘मैले कुटेको होइन। जनताले कुटेका हुन’ उनले भने। जब उनले ममाथि हात छोडे त्यसपछि जनताले उनलाई कुटपिट गरे, मैले होइनु यादवले भने। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार मनोज रायबाट घटनाको जानकारी आएको छ। आवश्यक अनुसन्धानपछि कानुनबमोजिम कारबाही अघि बढ्छ, उनले भने।

यसअघि ०७५ फागुन १६ गत्ते गाउँपालिकामा न्याय माग्न जाँदा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्षबाट एकजना सेवाग्राही कुटिएका थिए। लक्ष्मीपुर पतारी गाउँपालिका– २ पर्साका ३४ वर्षीय विष्णुदेव यादव अध्यक्ष रामबल्लव साहबाट कुटिएका थिए। अध्यक्ष रामबल्लभ साहले आफूले कुटपिट नगरेको दावी गर्दै त्योबेला जोगिए।