११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता माग्दा वडाध्यक्षवाटै कुटिए सेवाग्राही



अ+ अ-

सिरहा । वडा अध्यक्षले नागरिकता लिन कार्यालय पुगेका एक युवकमाथी हातपा गरेका छन्। सिरहा नगरपालिका १८ वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समुहले २५ वर्षीय मनोज कुमार रायलाई कुटपिट गरेको हो।

०७६ असार २५ गत्ते मनोजका बुवा रामसेवक रायको नागरिकताको प्रमाणपत्र वडा अध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति निर्माण गर्ने भन्दै लिएका थिए।

मनोज सोही नागरिकता फिर्ता लिन साउन २८ गत्ते दिउँसो वडा कार्यालय पुगेका थिए। नागरिकता माग्दा वडा अध्यक्षले मान्छे बोलाएर तारले हात बाँधेर निर्घात कुटपिट गरेको घाइते मनोजले भने। कुटपिटबाट आफ्नो शरिरको विभिन्न भागमा गहिँरो चोट रहेको उनले बताए। उपचारपछि औषधी खाएर घरमा आराम गरिरहेको उनको भनाई छ।

वडा अध्यक्ष यादवले भने आफुले मनोजलाई नकुटेको जिकिर गरेका छन्। ‘मैले कुटेको होइन। जनताले कुटेका हुन’ उनले भने। जब उनले ममाथि हात छोडे त्यसपछि जनताले उनलाई कुटपिट गरे, मैले होइनु यादवले भने। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार मनोज रायबाट घटनाको जानकारी आएको छ। आवश्यक अनुसन्धानपछि कानुनबमोजिम कारबाही अघि बढ्छ, उनले भने।

यसअघि ०७५ फागुन १६ गत्ते गाउँपालिकामा न्याय माग्न जाँदा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्षबाट एकजना सेवाग्राही कुटिएका थिए। लक्ष्मीपुर पतारी गाउँपालिका– २ पर्साका ३४ वर्षीय विष्णुदेव यादव अध्यक्ष रामबल्लव साहबाट कुटिएका थिए। अध्यक्ष रामबल्लभ साहले आफूले कुटपिट नगरेको दावी गर्दै त्योबेला जोगिए।