५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा पेट्रोलबम विस्फोट, १ नेपाली घाइते



अ+ अ-

काठमाडौं । मलेसियाको तनम डनौ कोताको आवासीय भवनमा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन् ।

मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन ।

समाचार अनुसार, उनको हात र शरीरको पछाडिको भाग करिब १० प्रतिशत जलेको छ । विस्फोटबाट गार्ड पोस्टको एउटा भागमा क्षति पुगेको छ ।

विस्फोट कसले गरायो भन्ने खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।