काठमाडौं । पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन अवरुद्ध बनेको छ । अरुणखोला प्रहरीका अनुसार डाइभर्सनबाट सवारी पास हुन नसकेपछि अरुणखोलाबाट पूर्व–पश्चिम दुवैतर्फ ४र५ किलोमिटर लामो जाम लागेको छ । दुवैतर्फ सवारी रोकिएपछि सयौं सवारी तथा त्यसमा सवार यात्रुहरू समस्यामा परेका छन् ।
अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको हो । तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति पुर्याएपछि पुनः यातायात अवरुद्ध हुन पुगेको हो ।
बाटो अवरुद्ध भएको दुवैतर्फ ७र८ किलोमिटर लामो जंगल भएको र जंगलमा रोकिँदा खानेपानीसमेत नपाएको गुनासो यात्रुहरूले गरेका छन् ।कतिपय यात्रुहरुले आफूहरु २४ घण्टादेखि बाटोमा अलपत्र परेको गुनासो पनि आईरहेको छ ।