११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुणखोला बजारको डाइभर्सन भत्काएपछि सवारी आवागमन अवरुद्ध



अ+ अ-

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन अवरुद्ध बनेको छ । अरुणखोला प्रहरीका अनुसार डाइभर्सनबाट सवारी पास हुन नसकेपछि अरुणखोलाबाट पूर्व–पश्चिम दुवैतर्फ ४र५ किलोमिटर लामो जाम लागेको छ । दुवैतर्फ सवारी रोकिएपछि सयौं सवारी तथा त्यसमा सवार यात्रुहरू समस्यामा परेका छन् ।

अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको हो । तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति पुर्‍याएपछि पुनः यातायात अवरुद्ध हुन पुगेको हो ।

बाटो अवरुद्ध भएको दुवैतर्फ ७र८ किलोमिटर लामो जंगल भएको र जंगलमा रोकिँदा खानेपानीसमेत नपाएको गुनासो यात्रुहरूले गरेका छन् ।कतिपय यात्रुहरुले आफूहरु २४ घण्टादेखि बाटोमा अलपत्र परेको गुनासो पनि आईरहेको छ ।