५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार पुडासैनीको आत्महत्या प्रकरण: लामिछाने र कँडेललाई म्याद थपका लागि अदालतमा लगिदैं



अ+ अ-

काठमाडौं । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकारद्धय रवी लामिछाने र युवराज कँडेललाई म्याद थप गर्नका लागि चितवन जिल्ला अदालतमा पेश गरिने भएको छ ।

बिहिबार साँझ न्युज २४ को कार्यालयबाट पक्राउ परेका लामिछाने र कँडेलको नाम आत्महत्या गर्नु अगाडी भिडियोमा पत्रकार पुडासैनीले उल्लेख गरेकाले आवश्यक छानबिन गर्नेको लागि म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केहि समय पछि उनिहरुलाई अदालतमा पेश गरिने भएको छ ।

लामिछानेसँगै, कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी कडा सुरक्षाकावीच मध्यरात १ बजे चितवन लगिएको थियो । उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन् ।

यता प्रहरी कार्यलय अगाडी बिहानैदेखि लामिछाने र कँडेलका समर्थकहरुले चर्काे नाराबाजी गरिरहेका छन् । उनिहरुले लामिछानेलाई फसाउन चलखेल भन्दै तुरुन्त स–समान सहित रिहाइ गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

पुडासैनी गत साउन २१ गते चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी लामो समय न्युज २४ मा लामिछानेको ‘सिधा कुरा जनतासंग” कार्यक्रमा काम गरेका पत्रकार हुन्। हालैमात्र उनी सो टेलिभिजन छाडेर माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । उनले अन्तिम पटक माउन्टेन टेलिभिजनको मिशन न्युज कार्यक्रममा राजमार्गका होटलहरुमा भए गरेका बेथिति र लुटको बारेको समाचार लेखेका थिए।

उनले सो समाचारमा राजमार्गका होटलहरुले कुहीएको खाना महङ्गगोमा खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै गरेको समाचार उजागर गरेका थिए।