५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको पानीमा प्लाष्टिको कणहरु



अ+ अ-

के तपाईले प्लाष्टिको कणहरु वर्षाको पानीमा वर्षेको सुन्नु या देख्नुभएको छ? भर्खरै गरिएको एक अनुसन्धानमा यो कुरा साबित हुन आएको छ । युएस मा गरिएको एक अनुसन्धानमा यो कुरालाई साबित गरिएको छ कि अब केहि ठाउहरुमा प्लाष्टिको कणहरुको वर्षा भईरकेको छ ।

यो सर्वे यूएस जियोलोजिकल सर्वे र यूएस इंटीरियर डिपार्टमेंट को वैज्ञानिकहरुले मिलेर गरेका हुन । वैज्ञानिकहरुले यो दृश्यलाई नााङगो आँखाले देख्न नसक्ने तर माईक्रोस्कोप तथा डिजिटल क्यामराको माध्यमले मात्र देख्न सकेको बताउछन् । सर्वेमा ९० फीसदी सैंपल्समा प्लास्टिक को कण पाईएको हो । धेरैजसो प्लास्टिक फाइबर को रूपमा पाईएको हो । यो विभिन्न रङहरुमा पाईएको हो ।

गाँउ ईलाका भन्दा शहरी ईलाकामा प्लाष्टिकको वर्षा भएको पाईएको छ ।
भलै यो प्लाष्टिकको कणहरुको वर्ष कहाँबाट कसरी आएको हो खुलासा भएको छैन । तर विश्वमा प्लाष्टिकको प्रयोगको मात्रा अधिक मात्रामा भएको हुनाले यस्लाई नियन्त्रण गर्न जरुरी देखिन्छ ।

दक्षिणी फ्रान्समा प्लास्टिकको कण वर्षासँगै खसेको देखेका छन् । प्लास्टिकका खरबौं टुक्राहरू महासागरमा तैरन्छन् । अर्को अध्ययनले पत्ता लगायो कि व्यक्तिहरू हरेक हप्ता करिब ५ ग्राम प्लास्टिक खाँदैछन्, जुन क्रेडिट कार्डको वजनसँग बराबर छ।