काठमाडौं । चिनियाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो । हुवावेले आफ्नो हार्मोनी अपरेटिङ सिस्टम सुरुवातमा चीनमा लञ्च गर्ने भएपछि बिज्ञानको क्षेत्रमा तहल्का मच्चाएको हो ।
हुवावेको यस अपरेटिङ सिस्टमले गुगलको एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । यदि परिस्थितिवस् आवश्यक ठानिएमा कम्पनी आफ्नै अपरेटिङ सिस्टममा तुरुन्तै फड्को मार्न सक्नेछ ।
अपरेटिङ सिस्टममार्फत् गुगललाई चुनौती पेश गरेको हुवावे यत्तिमा रोकिनेवाला छैन । अब गुगल म्याप्सलाई टक्कर दिनका लागि उसले आफ्नो नेभिगेसन सिस्टम तथा म्याप सर्भिससमेत ल्याउने तयारी गरिरहेको छ । गुगल म्याप्स सुरुवातमा चीनमा लञ्च हुने कम्पनीको कन्जुमर डिभिजनका सिइओ रिचर्ड यूले बताएका छन् । चीनमा लञ्च गरेपश्चात् मात्र यो अपरेटिङ सिस्टम विश्वव्यापी रोलआउट गरिनेछ ।
हुवावेको म्याप किटले रियल टाइममा ट्राफिक अवस्था, लेन परिवर्तनको पहिचान तथा अगमेन्टेड रियालिटीसँग सम्बन्धित फिचरलाई सपोर्ट गर्नेछ । यो सर्भिस यहीँ अक्टोबरमा लञ्च हुने र यसले विभिन्न ४० वटा भाषाहरुमा उपलब्ध हुने बताइएको छ ।