२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

५९ लाख ८९ हजार घुससहित ४७ जना पक्राउ



अ+ अ-

दोलखा । दोलखा जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा मातहतका कार्यालयले साउनमा मात्र गरेको स्टिङ अपरेसनले ५९ लाख ८९ हजार नगदसहित ४७ जनालाई पक्राउ गरेको छ।अख्तियारले साउनमा मात्र देशभर २६ वटा स्टिङ अपरेसन गरेको थियो।

बरामद भएको नगद र पक्राउ परेकाको संख्याको तुलनामा प्रतिव्यक्ति एक लाख २७ हजार रुपैयाँ नगदमा घुस लेनदेन भएको पाइएको छ। पक्राउ परेकामध्ये जनप्रतिनिधिदेखि इन्जिनियरसम्म रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सेवाग्राहीसँग कार्यालय सहयोगीसम्मले घुस लिने गरेको पक्राउ परेकाहरूको तथ्यांकले बताउँछ। शिक्षक, नापीका सर्वेक्षक, प्रहरी, सशस्त्र प्रहरी, प्रशासन तथा मालपोतका कर्मचारी, स्वास्थ्यकर्मी, रेन्जर, अध्यागमन कर्मचारी अख्तियारको नियन्त्रणमा छन्।