काठमाडौं । इजराइलले अमेरिकाका दुई सांसदलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। इजरायली कानुनी व्यवस्थामा आफ्नो देशका बारेमा आलोचना गर्ने व्यक्तिलाई प्रवेश निशेष गर्ने उल्लेख छ। त्यसैका आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
इल्हान उमर र रशिदा तलैब आगामी हप्ता इजरायलको नियन्त्रण क्षे वेस्ट बैंक र पूर्वी जेरुसलाम जाँदै थिए। तर, यहाँको सरकारले उनीहरूलाई त्यहाँ जानका लागि प्रतिबन्ध लगाएको हो।
इल्हान उमरले इसजराइलको यो कम लोकतान्त्रिक मूल्यमान्यतामाथि अपमान र छिमेकी राष्ट्रका सरकारी अधिकारीका लागि डरलाग्दो प्रतिक्रिया भएको बताइन्।