११ आश्विन २०८१, शुक्रबार
,
Latest
काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव



अ+ अ-

जकार्ता । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गर्नुभएको छ ।

इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उहाँले आफ्नो प्रस्तावमा समर्थन जनाउन आम जनतासँग आग्रह पनि गर्नुभयो । उहाँले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर ज्यादै भएको बताउनुभयो ।

राष्ट्रपति विडोडोले कुनै पनि मुलुकका लागि राजधानी शहर राष्ट्रिय पहिचानको प्रतीक मात्र होइन मुलुकको प्रगतिको सूचक पनि हुने गर्दछ भन्नुभयो । “मुलुकको राजधानी अब बोर्नियो द्वीपमा सारौं । यसमा आम इन्डोनेसियाली जनताको समर्थन र आशिर्वाद चाहन्छु ।”

उहाँले बोर्नियोमा राजधानी सार्ने कार्यले समानता र आर्थिक न्याय पनि प्रदर्शित गर्ने बताउँदै यो अग्रगमनमा रहेको इन्डोनेसियाको दूरदृष्टि पनि हो भन्नुभयो ।

बोर्नियो द्वीपमा नयाँ राजधानी शहर बसाउने बारेमा दशौं वर्षदेखि योजना अघि बढिरहेको छ । राष्ट्रपति विडोडोले गत अप्रिलमा जकार्ताबाट जाभा द्वीपमा स्थानान्तरण गर्नेगरी एक योजनालाई स्वीकृत गर्नुभएको थियो । तर उहाँले बोर्नियो द्वीपको कुन स्थानमा नयाँ राजधानी शहर राख्ने भन्ने बारेमा खुलाउनु भएको छैन ।

एसियाकै ठूलो शहर मानिने जकार्ता पछिल्ला वर्षमा चौतर्फी अव्यवस्थाबाट गुज्रिरहेको छ । बाढीले हरेक वर्ष जलमग्न हुने जकार्ताको भूमिगत पानी अत्यन्त प्रदूषित छ भने नदी प्रणाली व्यापक फोहोर छ । जकार्ताको अव्यवस्थाका कारण उत्पन्न समस्याका कारण अर्थतन्त्रमा करिब ६ अर्ब अमेरिकी डलर नोक्सान भइरहेको छ ।

गत महिना राष्ट्रपति विडोडोले एपीलाई दिनुभएको अन्तर्वार्तामा पनि उहाँले नयाँ स्थानमा राजधानी बनाउने बताउनुभएको थियो । यो ठाउँ जाभा द्वीपभन्दा बाहिर हुने उहाँको भनाई थियो । हाल जकार्ता जाभा द्वीपमा रहेको छ ।

उहाँले भन्नुभयो, “हामी अलग्गै राजधानी होस् भन्ने चाहन्छौं, र जकार्तालाई व्यवसाय तथा आर्थिक केन्द्रका रुपमा स्थापित गर्न चाहन्छौं । हामी जाभामा सबै रकम केन्द्रित नहोस् भन्ने चाहन्छौं । मुलुकको स्रोतसाधन अन्यत्र पनि विस्तार होस् भन्ने हाम्रो योजना छ ।”

विकास योजना मन्त्री बामबाङ ब्रोजोनेगोरोले नयाँ राजधानीका लागि करिब ३० हजार देखि ४० हजार हेक्टर जमिन आवश्यक पर्ने बताउनुभयो ।