१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव
अ अ+ अ-

जकार्ता । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गर्नुभएको छ ।

इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उहाँले आफ्नो प्रस्तावमा समर्थन जनाउन आम जनतासँग आग्रह पनि गर्नुभयो । उहाँले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर ज्यादै भएको बताउनुभयो ।

राष्ट्रपति विडोडोले कुनै पनि मुलुकका लागि राजधानी शहर राष्ट्रिय पहिचानको प्रतीक मात्र होइन मुलुकको प्रगतिको सूचक पनि हुने गर्दछ भन्नुभयो । “मुलुकको राजधानी अब बोर्नियो द्वीपमा सारौं । यसमा आम इन्डोनेसियाली जनताको समर्थन र आशिर्वाद चाहन्छु ।”

उहाँले बोर्नियोमा राजधानी सार्ने कार्यले समानता र आर्थिक न्याय पनि प्रदर्शित गर्ने बताउँदै यो अग्रगमनमा रहेको इन्डोनेसियाको दूरदृष्टि पनि हो भन्नुभयो ।

बोर्नियो द्वीपमा नयाँ राजधानी शहर बसाउने बारेमा दशौं वर्षदेखि योजना अघि बढिरहेको छ । राष्ट्रपति विडोडोले गत अप्रिलमा जकार्ताबाट जाभा द्वीपमा स्थानान्तरण गर्नेगरी एक योजनालाई स्वीकृत गर्नुभएको थियो । तर उहाँले बोर्नियो द्वीपको कुन स्थानमा नयाँ राजधानी शहर राख्ने भन्ने बारेमा खुलाउनु भएको छैन ।

एसियाकै ठूलो शहर मानिने जकार्ता पछिल्ला वर्षमा चौतर्फी अव्यवस्थाबाट गुज्रिरहेको छ । बाढीले हरेक वर्ष जलमग्न हुने जकार्ताको भूमिगत पानी अत्यन्त प्रदूषित छ भने नदी प्रणाली व्यापक फोहोर छ । जकार्ताको अव्यवस्थाका कारण उत्पन्न समस्याका कारण अर्थतन्त्रमा करिब ६ अर्ब अमेरिकी डलर नोक्सान भइरहेको छ ।

गत महिना राष्ट्रपति विडोडोले एपीलाई दिनुभएको अन्तर्वार्तामा पनि उहाँले नयाँ स्थानमा राजधानी बनाउने बताउनुभएको थियो । यो ठाउँ जाभा द्वीपभन्दा बाहिर हुने उहाँको भनाई थियो । हाल जकार्ता जाभा द्वीपमा रहेको छ ।

उहाँले भन्नुभयो, “हामी अलग्गै राजधानी होस् भन्ने चाहन्छौं, र जकार्तालाई व्यवसाय तथा आर्थिक केन्द्रका रुपमा स्थापित गर्न चाहन्छौं । हामी जाभामा सबै रकम केन्द्रित नहोस् भन्ने चाहन्छौं । मुलुकको स्रोतसाधन अन्यत्र पनि विस्तार होस् भन्ने हाम्रो योजना छ ।”

विकास योजना मन्त्री बामबाङ ब्रोजोनेगोरोले नयाँ राजधानीका लागि करिब ३० हजार देखि ४० हजार हेक्टर जमिन आवश्यक पर्ने बताउनुभयो ।