७ आश्विन २०८१, सोमबार
,
Latest
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ तीन दिनसम्मको मौसम पूर्वानुमान



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबारदेखि मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा वर्षा जारी रहने जनाएको छ । महाशाखाले अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही पूर्व र पश्चिमका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको पनि जनाएको छ ।

देशभर समग्र मौसमको अवस्था
हाल देशका अधिकांश स्थानहरूमा सामान्य बदली रही पुर्व र पश्चिमका एक दुइ स्थानमा हल्का देखी मध्यम खालको वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र १ गते (आइतबार)
दिउँसोस् देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र पुर्वी र मध्य क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा पुर्वी भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती देशका अधिकांस स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र २ गते (सोमबार)

दिउँसोस् देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती देशका अधिकांस स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य र पश्चिमि भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३ गते (मंगलबार)

दिउँसोस् देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशका अधिकांस स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको देशको पुर्वी भूभागको थोरै स्थानहरूमा र मध्यका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको केही स्थानहरुमा मेघगर्जन रचट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन रचट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पहाडी भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले पहाडी भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।