काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो ११ः०० बजे संसदलाई सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस समयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नहरूको उत्तर दिने तालिका अनुसार संसदलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नहरूको उत्तर दिने तालिका रहेपनि विगत दुई÷तीन महिनादेखि सो कार्यक्रम हुन सकेको छैन । तर आज भने प्रश्नोउत्तरको कार्यक्रम नभइ प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो ।