• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण

वर्षौँपछि गाउँमा खानेपानी



जाजरकोट । बारेकोट गाउँपालिका लैखम खालकाटीयाकी ५५ वर्षीया भद्रकला खत्रीको आधा जीवन खानेपानीको गाग्री बोकेरै बित्यो । उहाँलाई घरको अन्य कामकाजभन्दा पनि पानीकै चिन्ताले सताउने गरेको थियो ।

सोही ठाउँकी कमला खत्रीको पनि पीडा उस्तै थियो । पानीकै लागि ठूलै सङ्घर्ष गर्नुपरेको कमलाले बताउनुभयो । घर नजिक पानी नहुँदा दुई घण्टा टाढा नमेलाखोला जानुपर्ने बाध्यता थियो भद्रकलालाई । भद्रकला र कमला मात्र होइन, गाउँका १०० घरका महिलाको पीडा उस्तै थियो । एक गाग्री पानी लिन दुई घण्टा पैँदल हिँडेर नमेलाखोलाको नाउलामा जानुपर्ने, पालो कुरेर बस्नुपर्ने बाध्यता थियो ।

त्यो विगतको पीडा अन्त्य भएको छ । घर नजिकै खानेपानीको सुविधा पुगेपछि महिलाहरु खुशीले गद्गद् छन् । खानेपानी आयोजना निर्माण गर्न बारेकोट गाउँपालिकाको रु ४८ लाख लागत र स्थानीयवासीको श्रमदानबाट खानेपानी निर्माण भएको बृहत खानेपानी उपभोक्ता निर्माण समितिका सचिव रणबहादुर खत्रीले बताउनुभयो । लामो समयदेखि खानेपानी समस्या भोगेका गाउँका स्थानीयवासी पानी आएपछि खुशी भएका छन् । लैखमवासी १०० घरधुरीले खानेपानीको सुविधा पाएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

बारेकोट गाउँपालिका–८ को पैरेखाली, खालकाटीया, रिमदारा, रातापोख्रा, पखेरी, माथिगाउँलगायत गाउँमा तीन वर्षपछि खानेपानी योजना बनेको स्थानीय ६८ वर्षीय मनबहादुर खत्रीले बताउनुभयो । यो गाउँमा पानी आउँला भन्ने कल्पनासमेत कसैले गरेका थिएनन् । वर्षामा आकाशबाट आएको जम्मा गरेको पानी खानुपर्ने बाध्यता, हिउँदमा नाउलाको पानी खानुपर्ने समस्या अन्त्य भयो । अहिले धेरै सहज भएको छ, अर्का हरिबहादुर खत्रीले बताउनुभयो । उक्त खानेपानीबाट १०० घरधुरीलाई पायक पर्ने गरी १४ धारा राखिएको छ ।