काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । २१२० मतगणना गर्दा गगन थापाले १३८५ ,विश्वप्रकाश शर्माले ८५१ ,डा प्रकाशशरण महतले ६९८ प्रदीप पौडेलले ६२१ मिनेन्द्र रिजालले ३६५ र राजाराम कार्कीले ५९ मत प्राप्त गर्नुभएको छ ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।