कांग्रेस । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् ।
रिजालले आफ्नो आधिकारीक फेसबुक अकाउन्टमा स्टाटस लेख्दै राजीनामा दिने घोषणा गरेका छन् ।
उनले लेखेका छन्, नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’