![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/Hatti-Chanagadi-Ma-1024x768.jpg)
रौतहट । जिल्लाको उतरीभेग चन्द्रपुर नगरपालिकास्थित जंगली हातीले एक घर भत्काएको छ ।
शनिबार राती १२ बजेको समयमा चन्द्रपुर नगरपालिका वडानं ८ मरधर गैरी टोलका वीर बहादुर वाईवाको घर भत्काएको प्रहरीले जनाएको छ ।
२ वटा हात्तिले रातीको समयमा वाईवाको काठको घर भत्काउनुका साथै अन्नपात समेत खाएर नष्ट पारेको पिडित परीवारले जनाएको छ ।