१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

अर्को पल्ट कांग्रेसको सरकार बन्छ: रिजाल

अर्को पल्ट कांग्रेसको सरकार बन्छ: रिजाल
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले अर्को पल्ट कांग्रेसको सरकार हुने दाबी गरेका छन्।सरकार लडाएका मानिसले बनाएको भन्दै उनले अर्काे पाली आफ्नो दल पुनः सरकारमा आउने बताएका हुन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेता रिजालले सरकार लडेको नभइ, लडेका मानिसले बनाएको बताए । ”प्रधानमन्त्रीले लोकतन्त्रका लागि लडेको सरकार हो भन्नुभयो। प्रधानमन्त्रीको वामआन्दोलन र त्यसपछिको लोकतन्त्रान्त्रिक आन्दोलन र संघर्षणको योगदानको सम्मान गर्छु। तर सरकार लडेको होइन। हेक्‍का रहोस् प्रधानमन्त्री सरकार लडेको होइन।लडेका मानिसले बनाएको सरकार होला,’ नेता रिजाले भने ।

नेता रिजालले प्रधानमन्त्रीले अर्को चुनाव नभइसम्म यही सरकार रहन्छ भन्ने कुरामाथि स्पष्ट पार्दै भने, ‘एउटा कुरा खुसी लाग्यो। प्रधानमन्त्रीले भन्नुभयो। अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ।ठीक हो प्रधानमन्त्रीज्यू यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेसबाहेक कसको सरकार बन्छ।’

उनले निर्वाचनको समयमा गरेको कार्यसम्पादन करार पूरा नभएको आरोप लगाए। ‘प्रधानन्त्रीज्यू तपाईले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा औंला ठडाउनुहोला, मन्त्री फेर्नुहोला। तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खोइ ?,’ उनले भने, ‘हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन। त्यतिमात्र होइन संसदले गरेको कार्यसम्पादन करार अघिल्लो वर्ष बजेट कार्यसम्पादन करार हो, संसद र सरकारको पूरा गर्न सक्नु भएन। यो परीक्षामा तपाई असफल हुनुभयो। आउने दिन सफलता होस्। शुभकामना।’