काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ ।
प्रारम्भिक गणनाअनुसार २३२१ मतगणना हुँदा गगन थापाले १५०८ ,विश्वप्रकाश शर्माले ९४२ ,डा प्रकाशशरण महतले ७६५ प्रदीप पौडेलले ६७९ मिनेन्द्र रिजालले ४०२ र राजाराम कार्कीले ६३ मत ल्याएका छन् ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।