• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण

एसपी चिनेको छु भन्दै पैसा असुल्न खोज्ने पक्राउ



पोखरा । पोखरामा एसपी, डिएसपी चिनेको छु भन्दै बार्गेनिङ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी, डिएसपीलाई चिनेको छु भन्दै रकम बार्गेनिङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि रकम बार्गेनिङ गर्ने विनोदबहादुर भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

गएको साउन १ गते पोखरा महानगरपालिका १८ बस्ने विनोदबहादुर भट्टराईलाई ३ युवाले कुटपिट गरेको घटनालाई लिएर बारम्बार रकम बार्गेनिङ गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मैले कास्कीका एसपी, डिएसपी चिन्या छु । मलाई ३ लाख ५० हजार रुपैयाँ देऊ केश मिलाइदिन्छु ।नत्र ३ वर्ष जेलमा बस्नुपर्ला भनि पटक–पटक सम्पर्क गरेर रकम मागेपछि आफन्तहरुले प्रहरी कार्यालयमा आएर उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्कीले भट्टराईको भनाइ उधृत गर्दै अगाडि भने, ‘यो ज्यानमारा केशमा पनि जान सक्छ । ३ वर्ष त जेल हुन्छ । तरुन्त मलाई पैसा ल्याऊ । कुरा मिलिहाल्छ ।’ प्रहरीले भट्टराईलाई लागेको चोटको भरपाई गरी उनलाई न्याय दिलाउने गरी काम गरिरहेको थियो । तर, उनले उल्टै प्रहरीको बदनाम गर्नतिर लागे ।

प्रत्येक दिनजसो भट्टराईले आरोपितका परिवारसँग ‘बार्गेनिङ’ गर्न थालेपछि उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई साउन २६ गते पक्राउ गरेको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।