५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गुपचुप ल्याउँदै शिक्षा नीति



अ+ अ-

काठमाडौँ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको सरकारले प्रस्तावित राष्ट्रिय शिक्षा नीतिसमेत गुपचुप राखेको छ । मन्त्रिपरिषद्बाट अन्तिम टुंगो लगाउने तयारीमा रहेको नीतिबारे सरोकारवाला र मन्त्रालयका उच्च अधिकारीहरूसमेत बेखबर छन् ।


सरकारले २०२८ सालको नीति विस्थापित गर्न संघीय संरचनाअनुरूप नयाँ शिक्षा नीति ल्याउन लागेको हो । प्रस्तावित नीतिमाथि मन्त्रिपरिषदको सामाजिक समितिमा छलफल भइसकेको छ ।

तर त्यसमा के कस्ता व्यवस्था छन् भन्ने विषयमा मन्त्रालयका उच्च तहका कर्मचारीहरू नै जानकार छैनन् । ‘छलफलमा सचिव जानुहुन्छ, प्रारम्भिक मस्यौदा मन्त्रालयमा तयारी पारिएको हो, त्यसपछि केके भएको छ, थाहा छैन,’ मन्त्रालयका एक अधिकारी भने ।

शिक्षा सचिव खगराज बरालले समितिबाट मन्त्रिपरिषद् पुगेको उक्त नीतिको मस्यौदा स्वीकृतिको चरणमा रहेको जनाए । मन्त्रिपरिषद्मा छलफलमै रहेकाले विषयवस्तु सार्वजनिक नगरिएको उनले बताए । शिक्षाविद्हरू शिक्षा नीतिमा सर्वसाधारणको समेत चासो रहने हुनाले सार्वजनिक बहसमा ल्याउनुपर्ने बताउँछन् ।

सरकारले उच्चस्तरीय शिक्षा आयोगमार्फत संघीय शिक्षा नीति र ऐन बनाउन सुझाव संकलन गरेको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित आयोगले ८ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावसहितको प्रतिवेदन बुझाएको थियो । सरकारले प्रतिवेदन लुकाएर आफूअनुकूल शिक्षा नीति र ऐन ल्याउन खोजेको आरोप लाग्दै आएको छ ।

आयोगका सदस्यहरूका अनुसार प्रधानमन्त्री ओली नै आयोगका सुझावप्रति सकारात्मक छैनन् । शिक्षामन्त्री पोखरेलले पनि सुझावअनुकूल नीति र ऐन ल्याउनपहल गर्न नसकेको उनीहरूको भनाइ छ । ‘शिक्षा क्षेत्रमा सुधार गर्ने इच्छाशक्ति सरकारसँग छ कि छैन भन्नेमै शंका हुन थालेको छ,’ आयोगकी सदस्य सुसन आचार्यले भनिन्, ‘१० महिनाको मिहिनेतले तयार पारिएको प्रतिवेदन लुकाएर अघि बढ्न खोज्नु दुःखद छ ।’ शिक्षा क्षेत्रका विकृति व्यवस्थापन गर्न सरकार संवेदनशील नबनेको उनले गुनासो गरिन् ।

स्रोतका अनुसार प्रस्तावित शिक्षा नीतिमा गुठीमा जान चाहने निजी विद्यालयलाई सरकारले विशेष सुविधा दिने प्रावधान छ । आयोगले १० वर्षभित्र निजी विद्यालयलाई गुठी वा गैरनाफामूलक संस्थामा रूपान्तरण गर्न सुझाव दिएको थियो । यसमा निजी विद्यालय सञ्चालकहरूको असन्तुष्टि थियो ।

अब कम्पनीको स्वामित्वमा रहेका निजी विद्यालयलाई जग्गा दर्ता, गाडी, शिक्षा तालिम, शैक्षिक सामग्री खरिदमा सहुलियत दिएर गुठीकरण गर्ने नीति अख्तियार गर्ने प्रस्ताव गरिएको हो । स्रोतका अनुसार संविधानले स्थानीय सरकारलाई दिएको शिक्षाको अधिकार खोस्न लागिएको छ । शिक्षकलाई प्रदेश सरकारमातहत खटनपटन र व्यवस्था गर्ने गरी नीति अघि सारिएको स्रोतको दाबी छ ।

शिक्षक महासंघ र मन्त्रालयबीचको सहमति कार्यान्वयन गर्न शिक्षकहरूलाई प्रदेशमातहत राख्न लागिएको हो । शिक्षक पेसालाई स्तरीकरण गरेर लैजाने प्रस्ताव पनि नीतिमा छ । उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षण पेसामा आकर्षित गर्न प्रोत्साहन गर्ने उल्लेख छ । प्रस्तावित नीति मन्त्रिपरिषद्मा चार महिनाअघि नै पेस गरिएको हो । तर मन्त्रीहरूबीच मतभेद रहेकाले पारित हुन ढिलाइ भएको स्रोतले जनाएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।