• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

विप्लव समूहले सल्यानमा मन्दिरको जग्गा कब्जा गर्यो



दाङ । विप्लव समूहले सल्यानमा जग्गा कब्जा गरेको छ। छत्रेश्वरी गाउँपालिका–६ मा रहेको खैराबाङ मन्दिरको ६ रोपनी
गूठीको जग्गा कब्जा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन जनपरिषद्ले जनाएको छ।

विप्लव समूहले झण्डा गाढेर गुठीको जग्गा कब्जा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। त्यहाँ गाडेको झण्डा आइतबार झिकिएको उनले बताए ।