• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ



रौतहट । रौतहट प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गौरमा ग्यारेजमा छापा मार्ने क्रममा ग्यारेजमा मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गर्ने गिरोहमध्ये तिनजनालाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।

रौतहट फतुआ विजयपुर–११ का १९ वर्षीय कमल चौधरी, सोही ठाँउका २३ वर्षीय अरुण चौधरी र २७ वर्षीय अकिलेश चौधरी पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनीहरुको साथबाट स्वरुप परिवर्तन गरिएको एउटा मोटरसाइकल र अन्य मोटरसाइकलको विभिन्न पार्टपुर्जा बरामद भएको एसपी खत्रीले बताए ।

उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याउने र मोटरसाइकलको स्वरुप परिवर्तन गरी नक्कली भारतीय नम्बर बनाएर बेच्ने गरेको खुलेको छ । कतिपय मोटरसाइकलको पार्टपुर्जा खोलेर बेच्ने गरेको समेत पाइएको छ ।