१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रविले दिए यस्तो बयान



अ+ अ-

काठमाडौं । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । ‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्छौँ । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ,’ उनले भने ।

भिडियोमा रहेको आवाज पुडासैनीकै भएको पुष्टि
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ । उनको मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको स्रोतले जनाएको छ । फरक–फरक भिडियो क्लिपमा भएकै कारणले पुडासैनीको आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको तथा एक अवस्थामा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृश्य देखिएको अनुसन्धानले देखाएको छ ।

आत्महत्याका लागि डोरी किनेको पसल पत्ता लाग्यो

पोस्टमार्टम र भिडियो ल्याब दुवै रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । पत्रकार पुडासैनीको मृत्यु प्रकरणसँग जोडिएका प्रमाण संकलनका क्रममा चितवन प्रहरीले सोमबार उनले आत्महत्याका लागि डोरी किनेको पसल पत्ता लगाएको छ । नारायणगढ बसपार्कस्थित एक प्लास्टिक पसलमा गई उनले पाँच मिटर लामो डोरी किनेको सिसिक्यामेरा फुटेजसमेत प्रहरीले लिएको छ ।

पुडासैनीको भिडियो हेरेको छैन : रवि
रवि लामिछानेले सरकारी वकिलसँग पुडासैनीले आफूलाई आरोप लगाएर बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका छन् । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको, तर भिडियो भने नहेरेको बताएका हुन् ।

पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का प्रवक्ता एसपी दीपक रेग्मी चितवन आएका छन् । पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी छिन् । त्यो जाहेरी चितवन प्रहरीले पाइसकेको छ । लामिछानेका समर्थकहरूले सोमबार पनि भरतपुरमा प्रदर्शन गरेका छन् । भरतपुर चौबीसकोठीमा प्रदर्शन गर्ने पाँचजनालाई गिरफ्तार गरेको प्रहरीको भनाइ छ ।

बयान लिने क्रम जारी

पत्रकार पुडासैनी आत्महत्या घटनाका आरोपीसँग बयान लिने क्रम जारी छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएको छ । तर, लामिछानेसँगको बयान भने अझै नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ । लामिछानेसँग मंगलबार पनि बयान लिइने भएको छ । आरोपीद्वय कँडेल र कार्कीको बयान सकिएपछि लामिछानेसँग सोमबार दिउँसो तीन बजेपछि बयान लिन सुरु गरिएको थियो । बयान बेलुकी ६ बजे स्थगित गरिएको थियो । प्रारम्भिक बयानका क्रममा मृतक पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ ।

बयान नसकिएकाले मंगलबार थप अनुसन्धानका लागि अदालतबाट पुनः म्याद थपिने सम्भावना छ । ‘अनुसन्धानको मिसिल नै तयार भएको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘अनुसन्धान नै नसकीकन कसरी अदालतमा लगेर मुद्दा दर्ता गराउनू ?’ प्रहरीले आरोपीको फोन कल डिटेल र मोबाइल सन्देश लिई अनुसन्धान गरिरहेको छ । ‘चर्चित र गम्भीर प्रकृतिको मुद्दालाई हतार–हतार र हलुका रूपमा बुझाउनु भएन नि,’ ती प्रहरी अधिकृतले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।