१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा प्रदेश अध्यक्ष साहले दिए राजीनामा



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएका हुन्।

प्रदेश २ को अध्यक्षको जिम्मेवारी पदमा रहदा नेतृत्वबाट निरन्तर असहयोग भएको भन्दै राजीनामा दिएको साहका निजी सचिव निभेष कुमारले जानकारी दिएका छन्। साहले सोही समय प्रदेश २ अध्यक्षको जिम्मेवारी गतसाल असोज ५ गते पाएका थिए ।

साहलाई जिम्मेवारी दिएकोमा नेकपाका बरिष्ठ नेता माधव नेपालले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।