५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको सचिवालय बैठक दिउँसो बस्दै, आयोगहरूमा जिम्मेवारी तोक्ने तयारी



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक दिउँसो बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो तीन बजे डाकिएको बैठकमा पार्टी एकतालाई पूर्णता दिन सम्पन्न गर्नुपर्ने कामबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपा विधानमा ६ वटा आयोग रहने व्यवस्था छ।

लामो रस्साकस्सीपछि विभागहरूको जिम्मेवारी टुंग्याएको नेकपाले केन्द्रीय आयोगहरू गठन गर्न बाँकी छ। नेकपामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चमा जिम्मेवारी तोक्न बाँकी छ।

नेकपाले जनवर्गीय संगठनहरूको जिम्मेवारी भने टुंग्याएको छ।