५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको सचिवालय बैठक दिउँसो बस्दै, आयोगहरूमा जिम्मेवारी तोक्ने तयारी



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक दिउँसो बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो तीन बजे डाकिएको बैठकमा पार्टी एकतालाई पूर्णता दिन सम्पन्न गर्नुपर्ने कामबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपा विधानमा ६ वटा आयोग रहने व्यवस्था छ।

लामो रस्साकस्सीपछि विभागहरूको जिम्मेवारी टुंग्याएको नेकपाले केन्द्रीय आयोगहरू गठन गर्न बाँकी छ। नेकपामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चमा जिम्मेवारी तोक्न बाँकी छ।

नेकपाले जनवर्गीय संगठनहरूको जिम्मेवारी भने टुंग्याएको छ।