६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अव्यवस्थित बसोबासीलाई आवेदन गर्न भूमि आयोगको आह्वान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ । 

लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान गर्न आयोगले आवेदन आह्वान गरेको हो । आयोगले ४१ जिल्लाका १५९ स्थानीय तहमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम्बन्धित स्थानीय तहबाट निवेदन दिन आग्रह गरेको हो । 

प्रदेश १ का मोरङ, तेह्रथुम, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा र भोजपुर, मधेस प्रदेशका रौतहट, धनुषा, सर्लाही, बारा, पर्सा, सिरहा र महोत्तरी तथा बागमती प्रदेशका मकवानपुर, सिन्धुली, धादिङ, नुवाकोट, ललितपुर र चितवनका भूमिहीनलाई निवेदन दिन आग्रह गरिएको छ । 

यसैगरी गण्डकी प्रदेशका तनहुँ, नवलपरासी (बर्दघाट सुस्तापूर्व), बागलुङ र कास्की, लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, डडेल्धुरा र बैडतीका तोकिएका स्थानीय तहमा रहेका सुकुम्बासीले निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।