• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

विप्लवका दुईजना विद्यार्थीसहित एकजना व्यापारी पक्राउ



सल्यान । सल्यानमा नेत्रविक्रम चन्द विप्लवका दुईजना विद्यार्थीसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन जिल्ला सदस्य बागचौर नगरपालिका–५ निवासी महेशकुमार विक, शारदा नगरपालिका (१३ स्यानीखाल निवासी विद्यार्थी संगठनको जिल्ला सदस्य सुरेश भारती रहेका छन्।

यस्तै ब्यानर तथा झण्डा तैयार गरिदिने त्रिवेणी गाउँपलिका–४ घर भइ हाल शारदा नगरपालिका –१ श्रीनगरमा केसी डिजिटल आर्टस संचालक हरि केसीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ।

तीनैजनालाई सोमबार बेलुकी श्रीनगर बजारबाट पक्राउ गरिएको हो।