५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय सम्पदा तथा गतिविधिको प्रवर्द्धनमा सामाजिक संजालको अधिक उपयोग गर्ने निर्णय



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय सम्पदा तथा गतिविधिको प्रवर्द्धनमा सामाजिक संजालको अधिक उपयोग गर्ने भएको छ ।

सोमबार मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत सूचना अधिकारी, प्रवक्ता तथा सामाजिक संजाल हेर्ने अधिकृतसँग भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस्तो निर्णय गरेका हुन्।

छलफलमा भएको निर्णयअनुसार अब पर्यटन मन्त्रालय र यस मातहतका निकायले दिनभर भएका महत्वपूर्ण जानकारी तथा विषयलाई सामाजिक संजालबाट सबैले हेर्न सक्ने गरी सार्वजनिक गर्ने छ ।

यता सूचना आदानप्रदानका लागि सामाजिक संजालमा ग्रुपहरु बनाउने निर्णयसमेत भएको छ । साथै, सबै निकायले यूट्यूव अकाउण्ट खोलेर भिडियोमार्फत आफ्नो गतिविधि सार्वजनिक गर्ने भनिएको छ ।

मन्त्रालय तथा मातहतका निकायका वेवसाईट, सामाजिक संजालमा नेपाल भ्रमण वर्षलाई मूख्य रुपमा प्रचार प्रसार गर्ने निर्णयसमेत मन्त्रालयले गरेको छ ।